गाङवनमा शीतकालीन युथ ओलम्पिक सुरु

देशको आवाज
५ माघ २०८० २०:०२

काठमाडौं, ५ माघ । दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ । भब्य उदघाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता रहेको छ ।

त्यसमा पुरुषतर्फ छोवाङ विन्गुर तामाङ र महिलातर्फ लक्ष्मी राईको सहभागिता रहेको छ । उद्घघाटन समारोहमा आयोजित मार्चपासमा छोवाङले नेपालको झण्डा बोकेका थिए । प्रतियोगिता फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ । सफलराम श्रेष्ठ प्रशिक्षक रहेकाे नेपाली टोलीको खेलाडीद्वय छोवाङ र लक्ष्मी दुवैले स्लालम र जायन्ट स्लालममा भाग लिनेछन् ।

उनीहरूले यसअघि १५ दिनको विशेष प्रशिक्षण कार्यक्रम ‘ड्रिम प्रोजक्ट’ मा पनि सहभागिता जनाएका थिए । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । यसपल्टको शीतकालीन युथ ओलम्पिकमा कुल ७८ देशका १ हजार ८ सय २ खेलाडीको सहभागिता रहनेछ । सहभागी खेलाडी यू–१९ समूहका रहेका छन् ।


धेरै पढिएको